रामेछापमा जिप दुर्घटना ५ जनाको मृत्यु, ३ घाइते

रामेछाप | मंसिर १४, २०८१

रामेछापमा जिप दुर्घटना ५ जनाको मृत्यु, ३ घाइते फाइल तस्बिर

रामेछाप:    रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालक रहेका छन् ।  


काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा  दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 


दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य ३ जनाको सनाखत हुन सकेको छैन ।  
 
दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

पोखराः  चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।  पोखरामा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशन तथा सातौ साधारण सभाबाट बस्यालको नेतृत्वमा १३ सदस्य...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक ...

थप पढ्नुहोस्